केन्द्रीय कमिटीको बैठकमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मले विद्या भण्डारीको सदस्यता सक्रिय गराउनुपर्ने विषयमा समेत नेकपा एमालेका अध्यक्ष केपी शर्माले ओलीले प्रतिवाद गरेका छन् ।
भण्डारीलाई सक्रिय गराउन माग गर्ने ५० बढी सदस्यमाथि ओली खनिएका छन् । ओलीले भण्डारीको माइती बनेर प्रस्तुत नहुन बताएका हुन् ।
‘बैठकमा कोही पनि विद्या भण्डारीको माइती बनेर आउन जरुरी छैन, किनकि भण्डारीलाई मैले राम्रोसँग चिनेको छु, जानेको छु,’ उठेका प्रश्नको जवाफका दिँदै ओलीले भने, ‘उहाँलाई अप्ठ्यारो पर्दा सघाएको छु, उपचारका लागि सहयोग जुटाएको छ ।’ ओलीले भण्डारीको उपचारका लागि ५ लाख उठाएर दिएको समेत बताए ।
‘उहाँ जब असजिलो अवस्थामा हुनुहुन्थ्यो, उपचारका लागि चाहिने ५ लाख रुपैयाँ जुटाउन सहयोगी बनेँ,’ ओलीले भने, ‘यसैले म भण्डारीको अप्ठ्याराको बेलाको साथी हुँ, यहाँ कसैले पनि ठूलो कुरा गर्नै पर्दैन, म सजिलो बेलाको होइन, असजिलो बेलाको साथी हुँ, त्यसैले यो संकटमा उहाँ आफैं आएर मलाइ सघाउनुपर्छ ।’





