चारवटै सुरक्षा निकायका प्रमुखहरु शितलनिवासमा

२०८२ कार्तिक १, शनिबार

काठमाडौँ : चारवटै सुरक्षा निकायका प्रमुखहरूलाई राष्ट्रपति निवास शितलनिवास बोलाईएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले ती सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर देशको पछिल्लो अवस्थाबारे ब्रिफ लिएका छन् ।

छलफलमा केही मन्त्रीहरु पनि सहभागी रहेको जनाईएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि आवश्यक तयारी गर्न सरकारले प्रवन्ध गरिरहेको अवस्थामा राष्ट्रपतिले पनि पछिल्लो अवस्थाबारे छलफल गरेका हुन् । हिजोमात्रै नेपाली सेनाले जेनजी आन्दोलनको बारेमा पत्रकार सम्मेलन गरेर आफ्नो धारणा राखेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार