निर्वाचनको मुख्य चुनौती गृहमन्त्री अर्याल हुन् : बर्तौला

२०८२ कार्तिक ४, मंगलवार

काठमाडौँ : नेकपा एमालेका केन्द्रीय सदस्य महेश बर्तौलाले शान्ति सुरक्षा र फागुन २१ को प्रतिनिधि सभा निर्वाचनको मुख्य चुनौती गृहमन्त्री ओम अर्याल रहेको बताएका छन् ।

उनले छानबिन र अनुसन्धान गर्ने हो भने जेनजी युवाहरूको शान्तिपूर्ण प्रदर्शनमा व्यापक घुसपैठ गरि विध्वंस मच्चाउने नर्सरीका मुख्य माली नै गृहमन्त्री अर्याल रहेको निष्कर्ष निस्कने समेत बताएका छन् ।

‘यिनी अहिलेसम्म पनि इश्र्या, डाह, कुण्ठा र आक्रोश भन्दा बाहिर निस्कनै सकिरहेका छैनन्’, बर्तौलाले सामाजिक सञ्जाल फेसबुकमा मंगलबार लेखेका छन्, ‘उनी लुटिएका हतियारहरू खोज्दैनन्,  प्रहरीको दबेको मनोबल उठाउने प्रयत्नै गर्दैनन्,  भागेका कैदीबन्दीहरु कहाँ छन् चासो नै राख्दैनन् ।’

बर्तौलाले हरेक दिन जसो हत्या र हिंसाको घटना भइरहेकोमा गृह मन्त्रीमा कुनै चिन्ता नरहेको भन्दै शान्ति र स्थिरता भङ्ग गरेर मुलुकमा हिंसा, अराजकता र अस्थिरताको प्रवर्धनका लागि पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री, शीर्ष नेताहरू र राजनीतिक दलहरूलाई भड्काउन, उत्तेजित बनाउन र इरिटेसन गर्न झूटा अभिव्यक्ति र घातक क्रियाकलाप गृह मन्त्रीले नै गरिरहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार