ओलीको राहदानी रोक्ने निर्णय फिर्ता लिन एमालेको माग

२०८२ कार्तिक ५, बुधबार

नेकपा एमालेले पार्टी अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको राहदानी रोक्ने निर्णय फिर्ता लिन माग गरेको छ ।

मंगलबार प्रधानमन्त्री निवास वालुवाटारमा भएको सर्वदलीय बैठकमा एमालेका नेताहरूले यस्तो माग गरेका हुन् । उक्त बैठकमा एमालेका महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली सहभागी थिए।

महासचिव पोखरेलले सर्वदलीय बैठकमा रहेका विषयहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । जसमा पार्टी अध्यक्ष ओलीको राहदानी रोक्ने निर्णय फिर्ता लिन माग गरिएको उल्लेख छ।

महासचिव पोखरेलले लेखेका छन्, ‘वर्तमान सरकारले तत्कालीन प्रधानमन्त्रीको राहदानी रोक्का गर्ने र स्थान हद गर्ने जस्ता गैर जिम्मेवार कार्य गरेको छ, हाम्रो पार्टी यस्ता अनुचित कदम रोकिनु पर्छ भन्ने मान्यता राख्दछ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार