रुकुम पश्चिममा जीप दुर्घटना, पाँच जनाको घटनास्थलमै मृत्यु

२०८२ कार्तिक ७, शुक्रबार

काठमाडौं : रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका ७ झारमारेमा जीप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ ।

शुक्रबार साँझ जिल्ला सदरमुकाम मुसीकोट खलंगाबाट आठबिसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको रा १ ज ४२२ नम्बरको जीप आठबिसकोट नगरपालिका र बाँफिकोट गाउँपालिकाको सिमाना पर्ने झारमारे लेकमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले दुर्घटनामा परेर पाँच जनाको घटनास्थलमै ज्यान गएको जानकारी प्राप्त भएको बताए । उनका अनुसार घाइतेको उद्धार कार्य र्भरहेको छ । केही घाइतेको अवस्था गम्भीर भएकाले मृतकको संख्या बढ्न सक्ने जनाइएको छ ।

दुर्घटनाको सूचना लगत्तै नदुवास्थित प्रहरी चौकीबाट प्रहरी घटनास्थलमा पुगेर उद्धारमा सक्रिय रहेको छ । प्रहरीका अनुसार जीपमा करिब १८ जना यात्रु थिए । जीप चालक टोपजंग बुढा गम्भीर रहेको प्रहरीको भनाइ छ । मृतकको पहिचान खुलेको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार