जिप दुर्घटना अपडेट : मृतकको सङ्ख्या आठ पुग्यो

२०८२ कार्तिक ८, शनिबार

काठमाडौं : रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका ७ झारमारे नजिकै बुराउसेनीमा शुक्रबार बेलुका जिप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका अनुसार सात जनाको घटनास्थलमै र एकजनाको उपचारको क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार मृत्यु हुनेमा मृत्यु हुनेमा आठबिसकोट नगरपालिका ३ निवासी ३० वर्षीया कमला ओली, आठबिसकोट नगरपालिका १ का १६ वर्षीय टेकजंग बुढा, १५ वर्षीया दिलमाया बुढा, १५ वर्षीया कल्पना नेपाल, २८ वर्षीया सर्मिला बिक, आठबिसकोट नगरपालिका २ का १७ वर्षीया मनिका ओली, १८ वर्षीया सर्मिला विक र २२ वर्षीया गोपाल ओली रहेका छन् ।

दुर्घटनामा परेर चालकसहित १० जना घाइते भएका छन् । घाइते हुनेहरुमा मुसीकोट नगरपालिका २ निवासी ३४ वर्षीय जिप चालक टोपजंग बुढा, आठबिसकोट नगरपालिका १ का निवासी १७ वर्षीया सिर्जना बुढा, १५ वर्षीया सपना नेपाल, १८ वर्षीया जुना बुढा, १७ वर्षीया संगिता बुढा, १९ वर्षीया शान्ति बुढा, १७ वर्षीया अञ्जना ऐरी, २० वर्षीया महिमा ओली, १७ वर्षीया मनिषा थापा र १५ वर्षीया सबिता विक छन् ।

घाइते मध्य जुना बुढालाई थप उपचारका लागि नेपालगञ्ज लिइएको छ भने अन्यको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार