सरकार चुनावमा केन्द्रित रहन महरको आग्रह

२०८२ कार्तिक ९, आईतवार

काठमाडौँ : नेपाली कांग्रेसका नेता नैनसिंह महरले आपत्कालीन समयमा भएको राजनीतिक सम्झौता सबै पक्षबाट इमानदारीपूर्वक कार्यान्वयन हुनुपर्ने बताएका छन् ।

गृहजिल्ला डडेल्धुराको परशुराम नगरपालिकामा शनिबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले फागुन २१ गतेका लागि तोकिएको निर्वाचन देशलाई निकास दिने उपाय भएको भन्दै सरकारलाई त्यसमा पूर्ण रूपमा केन्द्रित रहन आग्रह गरेका हुन् ।

‘राष्ट्रपतिको समन्वयमा आन्दोलनकारी, राजनीतिक दलका नेता र नेपालका मित्रराष्ट्रहरूको चाहना पनि यही हो -फागुन २१ गते निर्वाचन सम्पन्न गरेर देशलाई स्थायित्व दिनु,’ महरले भने, उनले चुनाव सम्पन्न गर्नु नै सरकारको पहिलो र प्रमुख दायित्व भएको बताउँदै थपे, ‘चुनाव समयमा गर्न नसके यो सरकारले के गर्न सक्छ ? त्यसैले जसरी पनि सरकार चुनाव केन्द्रित हुनुपर्छ।’

महरले सरकार आफ्नो कार्यक्षेत्र भन्दा बाहिर गएर दलहरूप्रति पूर्वाग्रही ढंगले प्रस्तुत भएको आरोप पनि लगाए । उनका अनुसार सरकार चुनाव सम्पन्न गर्नभन्दा बढी त्यसलाई खलबल्याउने दिशामा देखिएको छ। ‘सरकारले आफ्नो जिम्मेवारी इमानदारीका साथ पूरा गर्न सकेन भने त्यसको औचित्य नै समाप्त हुन्छ,’ महरले चेतावनी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार