श्रीमान्‌को हत्या आरोपमा श्रीमती पक्राउ

२०८२ कार्तिक ९, आईतवार

काठमाडौं : कैलालीमा श्रीमान्‌को हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्।

पक्राउ परेकी महिला जोशीपुर गाउँपालिका–३ लक्कडकी ३५ वर्षीया सुनीतादेवी कठरिया हुन् । उनले आफ्ना श्रीमान् ५० वर्षीय लखनलाल कठरियाको हत्या गरेको आरोप लागेको छ।

सुनीतादेवीलाई शनिबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । घरायसी विवादका क्रममा सुनीताले लखनलालमाथि कुटपिट गरेकी थिइन् ।

सो क्रममा गम्भीर घाइते भएका लखनलालको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार