बालेन, कुलमान र जेन-जी लाई समेट्छौं : गणेश पराजुली

२०८२ कार्तिक ९, आईतवार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालेन शाह, कुलमान घिसिङ जस्ता स्वतन्त्र व्यक्तित्व र जेन-जी पुस्ताबाट उदाएका नयाँ शक्तिहरूसँग सहकार्यका लागि ढोका खुला रहेको बताएको छ।

आइतबार पार्टीको सचिवालय बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै सह-महामन्त्री गणेश पराजुलीले एउटै मुद्दा लिएर अघि बढेका शक्तिहरू एक्ला एक्लै हिँड्दा नेपाली जनताले हार्ने भन्दै सहकार्यको विकल्प नभएकोमा जोड दिए।

‘बालेन शाह, गोपाल हमाल, कुलमान घिसिङ वा जेन-जी पुस्ताबाट उदाएका नयाँ राजनीतिक शक्तिहरू, यी सबैलाई एकीकृत गरेर स्पेस दिनका लागि रास्वपाले ढोका खुला गरेको छ,’ सहमहामन्त्री पराजुलीले भने, ‘एउटै उद्देश्य प्राप्तिका लागि हिँडेका शक्तिहरू एक्ला एक्लै गएर कहीँ पुग्न सकिँदैन। यदि यी शक्तिहरू एक्लै हिँड्ने जमर्को गरे भने हार्ने भनेको फेरि नेपाली जनताले हो, हाम्रै मुद्दा हार्ने हो।’

उनले सुशासन र भ्रष्टाचारविरुद्धको साझा मुद्दा बोकेका सबैका लागि रास्वपा सबैभन्दा उपयुक्त र वैधानिक प्लेटफर्म भएको दाबी गरे।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार