साम्बाको दुई गोलमा नेपालले भारतलाई हरायो

२०८२ कार्तिक १०, सोमबार

काठमाडौं : ट्राई नेसन्स अन्तर्राष्ट्रिय महिला फुटबलको दोस्रो खेलमा नेपालले भारतलाई पराजित गरेको छ ।

शिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा भएको खेलमा कप्तान सावित्रा भण्डारी साम्बाको दुई गोल मद्तमा नेपालले भारतलाई २-१ ले पराजित गरेको हो । भारतको सिलोङस्थित जवहारलाल नेहरु रगंशालामा भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले भारतलाई २–१ गोल अन्तरले पराजित गरेको हो।

पहिलो हाफमा १–० ले अग्रता बनाएको खेलमा नेपालले दोस्रो हाफमा एक गोल थप्दा एक गोल खान पुग्यो। पहिलो हाफको दोस्रो मिनेटमा साम्बाको गोलमा नेपालले सुरुवाती अग्रता बनाएको थियो। खेलको ६३ औँ मिनेटमा साम्बाले फ्रिकीकमा गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन्।

भारतका लागि खेलको ८१ औँ भारतकी करिश्मा पुरुषोत्तमले शान्त्वना गोल फर्काइन्। मैत्रीपूर्ण खेलमा भारतले भने लगातार दोस्रो हार व्यहोरेको छ। नेपाल पहिलो खेलमा इरानसँग ३–० गोलअन्तरले पराजित भएको थियो।

त्रिकोणात्मक मैत्रीपूर्ण खेलपछि नेपाल र भारतबीच १३ गते मैत्रीपूर्ण खेल हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार