डा शशी थापा पण्डितका तीन कृति लोकार्पण

२०८२ कार्तिक १४, शुक्रबार

काठमाडौं : संस्कृतिविद तथा साहित्यकार डा. शशी थापा पण्डितका तीन कृतिहरू काठमाडौंमा विमोचन गरिएको छ ।

प्रा.डा. दिनेशराज पन्त, प्रा. डा. पेशल दाहाल, प्रा. डा. जगमान गुरुङ र प्रा. डा. वीणा पौड्यालले डा थापाका तीन कृतिहरु नेपाली कलामा कामकला, नागार्जुन क्षेत्रको सांस्कृतिक अध्ययन र मल्लकालिक नेपालका नारीहरुको विमोचन गरेका हुन् ।

लोकार्पण पश्चात् ‘नेपाली कलामा कामकला’ बारे प्रा. डा. जगमान गुरुङ, ‘नागार्जुन क्षेत्रको सांस्कृतिक अध्ययन’ बारे प्रा. डा. पेशल दाहाल अनि ‘मल्लकालिक नेपालका नारीहरू’बारे प्राध्यापक दिनेशराज पन्तले समीक्षा गरेका थिए। २०३६ सालमा रथी धन शमशेर ज. ब. रा.ले ‘कामकला रहस्य’ पुस्तक लेखी प्रकाशन गराएपछि कामकला बारे ड़ा. पण्डितको कृति दोश्रो भएको कुरा जानकारी गराउँदै समीक्षकहरूले ‘नेपाली कलामा कामकला’ पुस्तकको प्रशंसा गरे।

कृतिकार डा. शशी थापा पण्डितले अध्ययन अनुसन्धान आफ्नो रुचीको विषय भएको र थप नयाँ नयाँ कृतिका लागि काम गरिरहेको जानकारी दिए । उनले यी तीन कृति तयार पार्दा घरका परिवारहरूले गरेको सहयोग र कार्यक्रममा उपस्थित साहित्य अनुरागीहरू एक एकको नाम पढ्दै सबैप्रति कृतज्ञ भएको भाव व्यक्त गरे।

प्रा. डा. वीणा पौड्यालको सभापतित्वमा भएको कार्यक्रममा नेपाल आदर्श महिला सङ्घले लेखक डा. शशी थापा पण्डितको सम्मान पनि गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार