माओवादीसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय

२०८२ कार्तिक १४, शुक्रबार

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)ले नेकपा (माओवादी केन्द्र)सँग एकता गर्ने निर्णय गरेको छ।

माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गर्दै एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सकिएको छ । अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रसँगको एकता प्रस्तावलाई बैठकमा बहुमत सदस्यले ताली बजाएर अनुमोदन गरे । बैठकमा अध्यक्ष नेपालले एकताका लागि पार्टीको सचिवालय बैठकले थप गृहकार्य गर्ने जानकारी दिएका उपाध्यक्ष प्रकाश ज्वालाले बताए ।

समाजवादीका सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्यास भूसाल, नेताहरू विजय पौडेल, रामझाँक्री लगायतले माओवादीसँगको एकताको विरोध गरिरहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार