काठमाडौं : नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाएको हो ।
आज राति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको मूल्य घटाइएको निगमले जनाएको छ । पेट्रोलको खुद्रा बिक्री मूल्य भने यथावत राखिएको निगमले जनाएको छ।
इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ।










