काठमाडौं :जेनजी आन्दोलनका क्रममा भदौ २४ गते थानकोटस्थित प्रहरीको चेकपोस्टमा आगजनी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ घर भएका ४४ वर्षीय किरण लामा रहेका छन् । काठमाडौं चन्द्रागिरी नगरपालिका–२ बाडभन्ज्याङ बस्दै आएका लामालाई फोटो–भिडियोको आधारमा पहिचान गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
लामालाई प्रहरी वृत्त थानकोटमा राखिएको छ ।





