पार्टी एकताका लागि आठ दलबिच १८ बुँदे सहमति

२०८२ कार्तिक १६, आईतवार

काठमाडौं : नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)लगायत विभिन्न आठ दल–समूहबिच पार्टी एकताका लागि १८बुँदे सहमति भएको छ। आइतबार भएको छलफलपछि नेताहरूले एकताको सहमति-पत्रमा हस्ताक्षर गरेका हुन्।

सहमति-पत्रमा नेकपा (माओवादी केन्द्र)का संयोजक प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव, नेकपाका महासचिव चिरन पुन, नेकपा (समाजवादी)अध्यक्ष राजु कार्की, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुवासराज काफ्ले, नेकपा (माओवादी समाजवादी)का अध्यक्ष कर्णजित बुढाथोकी र नेकपा साम्यवादीका अध्यक्ष प्रेमबहादुर सिंहले हस्ताक्षर गरेका छन्।

सहमति-पत्रमा पार्टीको मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद–लेनिनवाद हुने, आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्नेलगायतका विषय उल्लेख छन्। एकतापछि बन्ने पार्टीको नाम उल्लेख नगरे पनि चुनावचिह्न पाँचकुने तारा रहने सहमतिमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार