काठमाडौँ : माओवादी केन्द्रले सात अन्य कम्युनिस्ट दलसँग मिलेर नयाँ एकीकृत पार्टी गठनको सहमति गरेको छ।
यस कदमसँगै पूर्व प्रधानमन्त्रीसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवाद त्यागेर मार्गनिर्देशक सिद्धान्तको रूपमा मार्क्सबाद –लेनिनवादलाई अगाडि सारेका छन्।
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच १८ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ। माओवादी केन्द्रतर्फबाट संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले हस्ताक्षर गरेका हुन्। पार्टीको सिद्धान्त मार्क्सबाद –लेनिनवाद हुने उल्लेख छ।
आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशनको आयोजना गरिने सहमति पत्रमा उल्लेख गरिएको छ।





