भीम रावल पनि एकतामा आउनुहुन्छ : प्रचण्ड

२०८२ कार्तिक १८, मंगलवार

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठकमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता अभियानलाई थप तीव्र बनाउने घोषणा गरेका छन् ।

प्रज्ञा प्रतिष्ठानमा जारी केन्द्रीय कमिटी बैठकमा सहभागी एक नेताका अनुसार प्रचण्डले बैठकमा हाल विभिन्न वामपन्थी दलहरूसँग एकताको सम्भावनाबारे छलफल भइरहेको जानकारी दिएका थिए । उनले विशेष गरी नेकपा (एमाले)का पूर्व उपाध्यक्ष भीम रावलसँग समेत एकताको विषयमा संवाद भइरहेको बताएका थिए ।

ती नेताले भने, ‘संयोजकले भीम रावलसहितका नेताहरूसँग पनि कुराकानी भइरहेको खुलासा गर्नुभयो।’ बैठकमा दाहालले एकीकृत पार्टीले समाजवादी क्रान्ति अघि बढाउने भन्दै यो अभियान नरोकिने बताए । वामपन्थी शक्तिहरूबीचको एकता नै देशको राजनीतिक स्थायित्व र रूपान्तरणको आधार हुने संयोजक दाहालको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार