नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा काफ्ले

२०८२ कार्तिक १८, मंगलवार

काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायव महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेलाई दिइएको छ ।

प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत डीआईजी काफ्लेलाई मंगलबार केन्द्रीय प्रवक्ताको जिम्मेवारी तोकिएको हो ।यसअघिका डीआईजी विनोद घिमिरेको सरुवा भएपछि डीआईजी काफ्लेलाई उक्त जिम्मेवारी दिइएको हो ।

सरकारले सोमबार मात्रै पाँच जना डीआईजी बढुवा गरेको थियो भने अविनारायण काफ्ले प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार