अब पार्टी कहिल्यै फुटाउँदैनौँ भनेर सङ्कल्प गरौँ : झलनाथ खनाल

२०८२ कार्तिक १९, बुधबार

काठमाडौँ : पूर्वप्रधानमन्त्री झलनाथ खनालले १० दलको एकता सभामा उपस्थित नेताहरूलाई अब कहिल्यै पार्टी फुट्दैन भनेर सङ्कल्प गर्न आग्रह गरेका छन् ।

भृकुटीमण्डपमा बुधबार भएको एकता सभा भएको कार्यक्रमलाई सम्बोधन गर्दै खनालले मञ्चमा उपस्थित नेताहरूलाई सङ्कल्प गर्न आग्रह गरेका हुन् ।

‘आज मञ्चमा उपस्थित सबैले कहिल्यै पार्टी फुट्ने छैन भनेर सङ्कल्प गरौँ । यसभन्दा अगाडि पनि हामीले एकता हेर्‍यौँ । ‘ए कता’ भयो । अब त्यस्तो हुँदैन भनौँ । ‘ए र कता’लाई जोडेर अगाडि बढौँ’, उनले भने, ‘जेनजीको भावनालाई समेत आत्मसाथ गरेर जाऊँ । नेतृत्वदायी समितिमा कम्तीमा ५० प्रतिशत युवालाई ल्याऊँ । एउटा बलियो पार्टी निर्माण गरौँ । नेतामुखी होइन, जनमुखी, वर्गमुखी पार्टी निर्माण गरौँ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार