मधेशका मुख्यमन्त्री सोनालले कात्तिक २२ गते विश्वासको मत लिने

२०८२ कार्तिक १९, बुधबार

काठमाडौं : मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले आगामी कात्तिक २२ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम सोनालले विश्वासको मत लिनका लागि व्यवस्था मिलाइ दिन प्रदेशसभा सचिवालयलाई पत्र पठाइसकेका छन् । आज पत्र पठाएपछि प्रदेशसभा सचिवालयले कात्तिक २२ गते शनिबार दिनको १ बजे प्रदेशसभाको वैठक अह्वान गरेको छ ।

मधेश प्रदेशको सबैभन्दा ठूला दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले) लाई सत्ताबाट अलग गराउँदै मधेशमा सोनाल मुख्यमन्त्री नियुक्त भएका थिए । सोनाललाई लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल, नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादीलगायतका दलहरुको समर्थन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार