काठमाडौँ : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको मध्यस्थतामा वैकल्पिक राजनीतिक शक्ति निर्माणको लागि छलफल सुरु भएको छ। नयाँ र वैकल्पिक राजनीतिक दल, समूह र अभियन्ताहरूबीच यस्तो छलफल सुरु भएको जानकारी पूर्वप्रधानमन्त्री भट्टराईले दिएका हुन्।
जेनजी विद्रोहपछि बदलिँदो नेपाली राजनीति र त्यसको मर्मअनुसार समग्र राजनीतिको पुनर्गठनसहित व्यापक वैकल्पिक राजनीतिक ध्रुवीकरण गर्ने उद्देश्यले यस्तो छलफल सुरु गरिएको हाे।
छलफलमा पूर्वप्रधानमन्त्री भट्टराईसँगै पूर्व माओवादी नेता जनार्दन शर्मा, सुदन किराँती, रास्वपा छाडेकी नेतृ सुमना श्रेष्ठ, हालका गृहमन्त्री ओमप्रकाश अर्याल लगायत सहभागी छन्।
भरपर्दो बलियो वैकल्पिक राजनीतिक शक्तिको निर्माणका लागि यो छलफल सुरु भएको हाे। त्यसको मध्यस्थता डा. भट्टराईले गरेका छन्।











