काठमाडौँमा विप्लव नेकपाको ‘जनप्रदर्शन’

२०८२ कार्तिक २०, बिहीबार

काठमाडौँ : नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बिहीबार प्रदर्शन गरेको छ । काठमाडौंमा निकालिएको र्‍यालीमा सर्वपक्षीय अन्तरिम सरकारको माग गरिएको छ ।

भृकुटीमण्डप पुगेर प्रदर्शन सभामा परिणत भएको छ । सभालाई महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्नेछन् । भदौ २३-२४ को जेन-जी आन्दोलनपछिको राजनीतिक परिवेश र भावी रणनीतिबारे पार्टीको धारणा सार्वजनिक गर्ने नेताहरूले बताएका छन् ।

पार्टी दर्ताका लागि विप्लवले हालै निर्वाचन आयोगमा निवेदन दिएका छन् । यो बीचमा उनको पार्टीबाट दुई वटा समूह चोइटिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार