मतदाता नामावली दर्तामा उत्साहजनक सहभागिता

२०८२ कार्तिक २०, बिहीबार

नेपालगञ्ज : बाँकेमा फोटोसहितको मतदाता नामावली दर्तामा उत्साहजनक सहभागिता देखिएको छ । हालसम्म चार हजार १९३ जना नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले मतदाता नामावलीमा नाम दर्ता गराउनेमध्ये ६० प्रतिशत हाराहारीमा युवा पुस्ता रहेको जानकारी दिए । उनले निर्वाचन कार्यालयमा दैनिक दुई सयकोे हाराहारीमा नाम दर्ता भइरहेको बताए ।

बाँकेमा तीन लाख ३३ हजार ९३४ मतदाता छन । सो मतदातामध्ये एक लाख ६९ हजार ८७६ पुरुष, एक लाख ६४ हजार ४९ महिला र नौ जना अन्य छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार