काठमाडौँ : राजदूत चन्द्रकुमार घिमिरेले राजीनामा दिएका छन्।
सरकारले ११ देशका राजदूतलाई परराष्ट्र मन्त्रालयमा उपस्थित हुन निर्देशन दिएलगत्तै संयुक्त अधिराज्य (यूके) का लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले पदबाट राजीनामा दिएका हुन्।
उनले आफ्नो फेसबुकमा बुधबार यूकेलाई बिदा गरेको र यसक्रममा आफूप्रति देखाएको सम्मानप्रति आभार रहेको लेखेका छन्।
सरकारले सोमबारमात्रै ११ मुलुकका राजदूतावासहरूमा पत्राचार गरेर राजदूत फिर्ता हुन भनेको थियो। चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, रसिया, साउदी अरब, स्पेन, संयुक्त अधिराज्य , जापान र संयुक्त राज्य अमेरिकाका राजदूतलाई सरकारले परराष्ट्रमन्त्रालयमै कामकाज गर्ने गरी फिर्ता हुन भनेको थियो।











