काठमाडौं : गत कात्तिक १९ गते मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका एक पुरुषको शुक्रबार मृत्यु भएको छ ।
बिर्तामोड नगरपालिका–१ स्थित अञ्जली अस्पताल नजिकै पश्चिमतर्फ जाँदै गरेको प्र.१–०२–००१ प ३५५७ नम्बरको मोटरसाइकलले अर्जुनधारा नगरपालिका–४ का ५५ वर्षीय कृष्णबहादुर मगरलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका मगरको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा आज उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
दुर्घटनामा संलग्न मोटरसाइकल चालक सुनसरी दुहबी नगरपालिका–६ का २० वर्षीय वसन्त माझीलाई प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा राखेको छ ।











