काठमाडौं : धराम उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ सामाजिक सञ्जालमा तीखो आलोचनाका लागि चर्चित छन् ।
हालै उनले थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध तीखो कटाक्ष गरेका छन् । हर्क लेख्छन्, ‘नौ नौ वटा मुद्दा लागेर थुनामा बसेकाले, जसले विदेशी सेवा सुविधाका लागि नेपाली नागरिकता त्याग्यो उसैले देश बनाउने र बचाउने रे भन्दा पत्याउनु हुन्छ ?’
रवि लामिछाने जेनजी आन्दोलनमा जेलबाट बाहिर निस्किएको विषयमा उनीसँग हालै आन्दोलन छानबिन समितिले बयान लिएको थियो । सो कुरालाई समेत हर्कले कटाक्ष गर्न भ्याएका छन् । ‘जेलमा रहेकाको बयान सरकारले लिन्छ कि अदालतले कुरा नबुझेको ?’ उनले लेखेका छन् ।
सहकारी ठगी, सम्पत्ति शुद्धीकरण लगायतका विषयमा रविमाथि विभिन्न अदालतमा मुद्दा विचाराधीन छन् ।












