काठमाडौं : प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो र नेपाल राष्ट्र बैंकको संयुक्त टोलीले प्रभु बैंकमा छापा मारेको छ ।
गम्भीर आर्थिक अपचलनको जाहेरीमा प्रभु समूहका अध्यक्ष देवीप्रसाद भट्टचन पक्राउ परेपछि अनुसन्धानका निम्ति आवश्यक कागजात छानवीनका क्रममा शुक्रबार बेलुकी छापा मारिएको सिआइबी प्रमुख एआईजी डा.मनोजकुमार केसीले बताए ।
‘आवश्यक फाइल हाम्रो नियन्त्रणमा छ, नेपाल राष्ट्र बैंकसँग सहकार्य गरेर ती फाइलमाथि छानविन शुरू भएको छ’, एआईजी डा.केसीले बताए । ९८ करोड रुपैयाँ ठगी भएको भनी प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाद्वारा दायर जाहेरीका आधारमा भट्टचन कात्तिक ११ गते ललितपुरबाट पक्राउ परेका थिए ।











