मकवानपुरमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

२०८२ कार्तिक २३, आईतवार

काठमाडौं : मकवानपुरमा बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

गएराति मकवानपुरको हेटौँडा–९ माष्टरचोकस्थित बागमती प्रदेश ०३–००१ख २६५६ नम्बरको बसले ठक्कर दिँदा नामथर नखुलेका अन्दाजी ३२ वर्षीय पैदल यात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले बस चालक महोत्तरीको रामगोपालपुर–६ का ३३ वर्षीय सुजय कुमार सिंहलाई नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार