सोमबार सार्वजनिक बिदा

२०८२ कार्तिक २३, आईतवार

काठमाडौं : प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरमा गुठी पञ्चमीका दिन हुने विशेष पूजा तथा मेलाको अवसरमा सहिद लखन गाउँपालिकाले सोमबार सार्वजनिक बिदा दिएको छ ।

गुठी पञ्चमीका दिन गाउँपालिकाले हरेक वर्ष सार्वजनिक बिदा दिने गरेको छ । सोमबार गाउँपालिकाअन्तर्गतका सम्पूर्ण कार्यालय र विद्यालयमा समेत स्थानीय बिदा हुने सार्वजनिक सूचनामार्फत पालिकाले जानकारी गराएको हो ।

गुठी पञ्चमीका दिन मनकामना मन्दिरमा विशेष पूजा तथा मेला लाग्ने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार