इंग्ल्यान्डका डान डौथवेटले पोखरा एभेन्जर्सबाट खेल्ने

२०८२ कार्तिक २६, बुधबार

काठमाडौं : इंग्ल्यान्डका डान डौथवेटले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन् ।

पोखराले सामाजिक सञ्जालमार्फत डौथवेटलाई अनुबन्ध गरेको जनाएको हो । यसअघि उनले पहिलो संस्करणमा काठमान्डु गोर्खाजबाट खेलेका थिए । २८ वर्षीय डौथवेटले राष्ट्रिय टोलीबाट नखेलेपनि घरेलु क्रिकेटमा भने प्रदर्शन राम्रो छ । उनले ७६ टी-२० खेलमा तीन अर्धशतकसहित ८५६ रन बनाएका छन् । यस्तै उनले ७७ विकेट समेत लिएका छन् ।

पोखराले यसअघि इंग्ल्यान्डका विकेटकिपर ब्याटर एडम रोसिङटन र वेस्टइन्डिजका रेमन रेइफरलाई अनुबन्ध गरेको छ । नेपाली राष्ट्रिय टिमका ओपनर कुशल भुर्तेल मार्की रहेकोले पोखरा सागर ढकाल, आकाश चन्द, विपिन खत्री, किरण ठगुन्ना, तृत राज दास र दिनेश खरेललाई रिटेन गरेको थियो ।

यस्तै पोखराले अक्सनबाट अभिषेक तिवारी, अर्जुन कुमाल, कृष्ण पौडेल र सन्दीप खत्री क्षेत्री अनुबन्ध गरेको थियो । एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि सुरु हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार