नवनियुक्त आईजीपी कार्कीले आज पदभार ग्रहण गर्दै

२०८२ कार्तिक २७, बिहीबार

काठमाडौं : नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आज पदभार ग्रहण गर्दैछन् ।

गृह मन्त्रालयमा १०:४५ मा एक समारोहबीच गृह सचिव रामेश्वर दङ्गालले महानिरीक्षक कार्कीलाई दज्र्यानी चिह्न (फुली) लगाइदिने कार्यक्रम तय भएको हो । त्यसलगत्तै नेपाल प्रहरी प्रधान कार्यालय नक्सालस्थित प्रहरी महानिरीक्षकको कार्यकक्षमा बहाली हुने तयारी गरिएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले जानकारी दिए ।

३२औं महानिरीक्षक चन्द्रकुवेर खापुङ प्रहरी सेवाको ३० वर्षे अवधि पूरा गरी अनिवार्य अवकाशमा गएपछि मन्त्रीपरिषद बैठकले कार्कीलाई नेपाल प्रहरीको ३३ औं महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । नवनियुक्त महानिरीक्षक कार्कीले २०८४ चैत १८ सम्म नेपाल प्रहरीको कमाण्ड सम्हाल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार