काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज बिहान नागार्जुन नगरपालिकामा छापा मारेको छ।
नगरपालिकाले सामान खरिद गर्दा हिनामिना भएकाे भन्ने उजुरी परेपछि अख्तियारकाे टंगालबाट खटिएको टाेलीले छापा मारेको हो ।
अख्तियारको टोलीले वित्त-व्यवस्था, प्रशासन तथा खरिदसम्बन्धी विभिन्न कागजातहरू बरामद गरेको जनाएको छ। अख्तियारले प्रारम्भिक तथ्य संकलनपछि विस्तृत अनुसन्धान अघि बढाउने जनाएको छ।





