कांग्रेस सभापति देउवा दम्पत्ति स्वदेश फिर्ता

२०८२ कार्तिक २९, शनिबार

काठमाडौँ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनका धर्मपत्नी डा आरजु राणा देउवा सिङ्गापुरमा थप उपचारपछि शुक्रबार साँझ स्वदेश फर्किएका छन् ।

उनीहरुलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, प्रवक्ता डा प्रकाशशरण महतलगायत नेताले स्वागत गरेका थिए ।

गत भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा आफ्नै निवासमा घाइते भएका देउवा दम्पत्ति यही कात्तिक १० गते थप उपचारका लागि सिङ्गापुर गएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार