एमएडब्लू वृद्धि मोटर्सद्वारा बिर्तामोडमा ‘नामी भिगो’ सार्वजनिक

२०८२ कार्तिक २९, शनिबार

काठमाडौं : नेपालमा डोंगफेंग नामी इलेक्ट्रिक भेहिकल्सको आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्सले बिर्तामोडमा भव्य समारोहका बीच नयाँ स्मार्ट इलेक्ट्रिक एसयुभी ‘नामी भिगो’ अनावरण गरेको छ।

कार्यक्रममा प्रमुख अतिथि पूर्व प्रदेशसभा सदस्य श्रीप्रसाद मैनाली, विशेष अतिथि नेपाल उद्योग वाणिज्य महासंघ–कोशी प्रदेशका उपाध्यक्ष कुमारमणि पोख्रेलसहित उद्योगी, व्यवसायी, ग्राहक र सञ्चारकर्मीहरूको उपस्थिती थियो।

डोंगफेंगको Quantum Architecture Platform मा बनेको नामी भिगो नेपाली मिड–साइज इलेक्ट्रिक एसयुभी सेग्मेन्टमा नयाँ मापदण्डका रूपमा प्रस्तुत भएको छ। ‘Magic Cube Design’ को साथमा आएको यस मोडेलले आधुनिक संरचना, एरोडाइनामिक प्रोफाइल र futuristic स्टाइल प्रस्तुत गर्छ।

यसमा ९९ किलोवाट क्षमताको मोटर रहेको छ, जसले शहरी तथा राजमार्ग दुबै ड्राइभिङमा उच्च प्रदर्शन दिन्छ। भिगो 44.94 kWh (३०० किमि रेन्ज) र 51.87 kWh (३५० किमि रेन्ज) दुई ब्याट्री विकल्पमा उपलब्ध छ। 3C Ultra–Fast DC Charging प्रविधिमार्फत ३०% देखि ८०% सम्म १८ मिनेटमा चार्ज गर्न सकिन्छ, जसले ११५ किमि सम्मको रेन्ज थपिदिन्छ।

यसमा ‘Heaven & Earth Tailgate’, Exterior Music Speaker, Music–Sync Ambient Lighting, मेमोरी सीट, 3C फास्ट चार्जिंग जस्ता सेग्मेन्ट–फर्स्ट सुविधा छन्। सुरक्षा पक्षमा Level 2 ADAS, 360° क्यामेरा, Adaptive Cruise Control, ६ एयरब्याग र ६८% हाइ–स्ट्रेन्थ स्टिल बडी समावेश छ।

नामी भिगो E2 को मूल्य रु. ३८,९९,००० र E2+ को मूल्य रु. ४१,९९,००० तोकिएको छ। प्रारम्भिक अफरअन्तर्गत यी मोडेल क्रमशः रु. ३७,९९,००० र रु. ४०,९९,००० मा उपलब्ध हुनेछन्।

एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले नामी भिगोलाई “पावर, लक्जरी र स्मार्ट प्रविधिको उत्कृष्ट संयोजन” भन्दै नेपाली इलेक्ट्रिक मोबिलिटीको भविष्यका लागि महत्वपूर्ण मोडेल भएको टिप्पणी गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार