दुर्गा भाइसँग पैसा उमार्ने जादु छ कि क्या हो ? : शिक्षामन्त्री पुन

२०८२ कार्तिक ३०, आईतवार

काठमाडौँ : शिक्षामन्त्री महावीर पुनले विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई लक्षित गर्दै कटाक्ष गरेका छन् ।

पछिल्लो समय प्रसाईँले दिँदै आएका विभिन्न अभिव्यक्तिप्रति लक्षित गर्दै मन्त्री पुनले पैसाको स्रोतबारे प्रश्न उठाएका हुन् । आइतबार साँझ सामाजिक सञ्जालमा एक पोस्ट गर्दै शिक्षामन्त्री पुनले प्रसाईँका घोषणाहरूमाथि आश्चर्य व्यक्त गरेका छन् ।

उनले लेखेका छन्, ‘साह्रै अचम्म लाग्यो दुर्गा प्रसाईँ भाइले सेना, प्रहरी, शिक्षकहरूको तलब एक लाख रुपैयाँ पुर्‍याइदिने र २० लाख रुपैयाँभन्दा तलको सबैको ऋण मिनाहा गरिदिने भनेर घोषणा गरेका रहेछन् ।’

मन्त्री पुनले प्रसाईँका घोषणा कार्यान्वयनका लागि आवश्यक पर्ने विशाल रकमको स्रोतमाथि प्रश्न खडा गरेका छन् । उनले थप लेखेका छन्, ‘तलब बढाएपछि अरू सबैको पनि बढाउनुपर्‍यो । अनि ऋण मिनाहा गरिदिन पैसा चाहियो । त्यत्रो धेरै पैसा कहाँबाट ल्याउने रहेछन् ? पैसा उमार्ने जादु नै छ कि क्या हो दुर्गा भाइसँग ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार