अहिलेको सरकारले चुनाव गराउन सक्दैन : शंकर पोखरेल

२०८२ मंसिर १, सोमबार

बुटवल : नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान असंवैधानिक सरकारले निर्वाचन गराउन नसक्ने बताएका छन् ।

सोमबार बुटवल प्रेस चौतारी रुपन्देहीसँग पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेले  अहिले सरकारले निर्वाचन गराउन नसक्ने अवस्था भएकाले नहुने निर्वाचनको पैरवी एमालेले  नगर्ने बताएका छन् । उनले अहिले निर्वाचन आयोग केही काम गरे पनि सरकारले अन्य विभिन्न कारणले गर्दा अहिलेको सरकारले निर्वाचन गराउन नसक्ने बताए ।

उनले अवैधानिक सरकारले निर्वाचन गराउन सक्ने भएको अहिले बनेको असंवैधानिक सरकारले निर्वाचन गराउन नसक्ने  भएकोले एमाले वैधानिक बाटो जानको विकल्प दिएको बताए । उनले संसद् भित्र बाट संविधान विकल्प दिन सकिने बताए । उनले संविधान संशोधन ,कानुन संशोधन हुँदा राजनीति दलहरूको सहमति हुनुपर्नेमा अहिले सरकारले दलहरू कुरा सुन्न नचाएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार