एनपीएल : सुदूरपश्चिमसँग पोखरा १८ रनले पराजित

२०८२ मंसिर ५, शुक्रबार

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित निकालेको छ ।

शुक्रबार भएको खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई​​ १८ रनले पराजित गरेको हो । सुदूरपश्चिमले दिएको १९४ रनको विजयी लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरका ८ विकेट गुमाउँदै १७५ रन बनायो । पोखराका लागि कप्तान कुशल भुर्तेलले ५२ रनको अर्धशतकीय पारी खेले ।

उनले ३२ बलमा ४ चौका र ४ छक्का प्रहार गरे । यसअघि कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ९३ रन बनाएको थियो ।

सुदूरपश्चिम रोयल्सका लागि ओपनर जोस ब्राउनले उत्कृष्ट अर्धशतकीय पाली खेले । उनले ६८ रन बनाए । यस क्रममा उनले केवल ३५ बलको सामना गरी पाँच छक्का र ६ चौका पनि हिर्काए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार