नेपाल प्रहरीका ३ डीआईजीको सरुवा, को कहाँ ?

२०८२ मंसिर ८, सोमबार

काठमाडौं : नेपाल प्रहरीका ३ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को सरुवा भएको छ ।​

गृहमन्त्रीस्तरीय निर्णयअनुसार उनीहरूलाई आज सरुवा गरिएको हो । निर्णयअनुसार विनोद घिमिरेलाई कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगर पठाइएको छ ।

यस्तै, दिलीपसिंह देउवाको प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभाग र दीपककुमार बस्नेतको प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागअन्तर्गतको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

 

null
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार