जसपाका राजेन्द्र श्रेष्ठसहित ६ वरिष्ठ नेता पदमुक्त

२०८२ मंसिर ९, मंगलवार

काठमाडौं : अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले नेता राजेन्द्र प्रसाद श्रेष्ठसहित ६ जना पदाधिकारी तथा केन्द्रीय निकायका प्रमुखलाई पार्टीको जिम्मेवारीबाट पदमुक्त गरेको छ ।

पार्टी परित्याग गरी ‘नेपाली कम्युनिष्ट पार्टी’ सँग एकीकरण गर्ने जानकारी गराएपछि अध्यक्ष अशोक कुमार राईले सोमबार एक विज्ञप्ति जारी गर्दै उनीहरूलाई पार्टीको अभिलेख र जिम्मेवारीबाट हटाएको जानकारी दिएका हुन् । जसपाले कारबाही गरेकाहरूमा तीनजना पदाधिकारीहरू राजेन्द्र प्रसाद श्रेष्ठ, रणध्वज कन्दवा र परशुराम बस्नेत रहेका छन् ।

त्यस्तै, केन्द्रीय निकायका प्रमुखहरू दुर्गामणी देवान, डा. पुष्पराज राजकर्णिकार र कृष्ण बहादुर धजुलाई पनि जिम्मेवारीबाट मुक्त गरिएको छ ।अध्यक्ष राईले जारी गरेको विज्ञप्तिमा नेताहरूको बहिर्गमनलाई ‘आत्मसमर्पण’ को संज्ञा दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार