काठमाडौं : मंगलबार छापावाल सुनको मूल्य ५ हजार २ सय रुपैयाँले बढेको छ ।
सोमबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ७ सय रूपैयाँ कायम भएकोमा आज ५ हजार २ सय रुपैयाँले बढेर २ लाख ४७ हजार ९ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार चाँदीको मूल्य प्रतितोला ३ हजार १ सय १५ रूपैयाँ कायम भएकोमा आज ८५ रूपैयाँले बढेर ३ हजार २ सय रूपैयाँ कायम भएको छ ।











