१३ हजार रुपैयाँमै ४ जीबी र्‍याम भएको अनर स्मार्टफोन नेपाली बजारमा

२०८२ मंसिर १०, बुधबार

काठमाडौँ : चिनियाँ ब्राण्ड अनरले आफ्नो बजेट फोन ‘अनर प्ले १०’ को नयाँ भेरियन्ट नेपाली बजार भित्र्याएको छ । कम्पनीले ४ जीबी र्‍याम तथा १२८ जीबी इन्टर्नल स्टोरेज भएको यस भेरियन्टको मूल्य १२ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

यसअघि कम्पनीले ३ जीबी र्‍याम तथा ६४ जीबी स्टोरेज भएको भेरियन्ट ल्याएको थियो, जसको मूल्य १० हजार ९९९ रुपैयाँ छ । एन्ड्रोइड १५ (गो एडिसन) मा चल्ने यो फोनमा १२ नानोमिटरमा बनेको मिडियाटेक हेलियो जी८१ चिपसेट र अक्टा-कोर प्रोसेसर जडान गरिएको छ । यसमा ६.७४ इन्चको टीएफटी एलसीडी डिस्प्ले छ ।

फोटोग्राफीका लागि फोनको पछाडि एलईडी फ्ल्याससहित १३ मेगापिक्सेलको मुख्य क्यामेरा र अगाडि ५ मेगापिक्सेलको सेल्फी क्यामेरा दिइएको छ । यसले १०८० पिक्सेलमा भिडिओ रेकर्ड गर्नसक्ने कम्पनीले जनाएको छ ।

फोनमा ५००० एमएएच क्षमताको ब्याट्री छ । यसलाई चार्ज गर्न कम्पनीले १० वाटको वायर्ड चार्जर उपलब्ध गराएको छ । यसमा ‘रिभर्स वायर्ड चार्जिङ’ को सुविधा पनि भएकाले यसलाई पावर बैंकको रूपमा प्रयोग गरी अन्य डिभाइस चार्ज गर्न सकिन्छ ।

१८९ ग्राम तौल भएको यो फोन धुलो र पानीको छिटाबाट सुरक्षित रहने कम्पनीले जनाएको छ । सुरक्षाका लागि फोनको छेउमा फिङ्गरप्रिन्ट सेन्सर दिइएको छ । कनेक्टिभिटीका लागि डुअल नानो-सिम, वाई-फाई, ब्लुटुथ ५.१, जीपीएस, एफएम रेडियो, ३.५ एमएम हेडफोन ज्याक र यूएसबी टाइप-सी २.० पोर्ट जस्ता सुविधा समावेश छन् । यो फोन ओसन स्यान र मिडनाइट ब्ल्याक गरी तीन कलर अप्सनमा उपलब्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार