काठमाडौँ : सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण पर्साले भारतीय सीमावर्ती इलाकामा हुने चोरी तस्करी तथा लागुऔषध ओसारपसार नियन्त्रणमा चलाएको अभियानमा ठूलो मात्रामा गाँजा बरामद गरेको छ ।
पर्साको विन्दवासिनी गाउँपालिका वडा नम्बर ५ बटसौरामा परालको कुन्युभित्र लुकाइ राखेको अवस्थामा २ सय१ ३ किलो गाँजा बरामद भएको सशस्त्रले जनाएको छ ।











