कुमारी बैंक भिसा लिडरसिप कन्क्लेभमा दुई प्रतिष्ठित विधाबाट सम्मानित

२०८२ मंसिर १०, बुधबार

काठमाडौं : भिसा इन्टरनेशनलले आयोजना गरेको ‘भिसा लिडरसिप कन्क्लेभ नेपाल २०२५’ मा कुमारी बैंक लिमिटेड दुई विधामा सम्मानित भएको छ ।

बैंकले ‘Excellence in Cross–Border Business’ तथा ‘Excellence in Consumer Credit Cards Business – Principal Client’ अवार्ड प्राप्त गरेको हो । बैंकका अनुसार यो सम्मान कुमारी बैंकले अन्तर्राष्ट्रिय व्यापार तथा क्रेडिट कार्ड व्यवसायमा देखाएको उल्लेखनीय योगदान र उत्कृष्ट प्रदर्शनका आधारमा प्रदान गरिएको हो ।

स्थापना कालदेखि नै आधुनिक डिजिटल प्रणालीमार्फत गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको कुमारी बैंकले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड हासिल गर्दै आएको छ । आगामी दिनमा सेवा प्रभावकारिता तथा पहुँच विस्तारका लागि डिजिटल क्षमताको सुदृढीकरणमा अझ सक्रिय रहने बैंकले जनाएको छ ।

२४ वर्षदेखि निरन्तर सेवा प्रदान गर्दै आएको कुमारी बैंकले देशभर ३०२ शाखा, ३१७ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखा–रहित बैंकिङ इकाइमार्फत सेवा सञ्चालन गर्दै आएको जनाएको छ ।

बैंकले आगामी दिनमा ग्राहकलाई अझ सरल, सुलभ र आधुनिक सेवा उपलब्ध गराउन निरन्तर सहकार्य र नवप्रवर्तनमा जुटिरहने प्रतिबद्धता व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार