काठमाडौं : विवेकशील साझा पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकता गर्ने निर्णय गरेको छ। बुधबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले एकताको निर्णय गरेको हो।
बैठकले पार्टी उपाध्यक्ष एवं संवाद समितिका संयोजक प्रकाशचन्द्र परियारको वैकल्पिक राजनीतिक दलबिचको ‘बृहत्तर ध्रुवीकरण : एकीकरण प्रस्ताव’लाई सर्वसम्मत अनुमोदन गर्दै रास्वपासँग एकीकरण गर्ने निर्णय गरेको हो। एकताको औपचारिक घोषणा आइतबार राष्ट्रिय सभागृहमा एक कार्यक्रमबिच गरिने विवेकशील साझाका प्रवक्ता आशुतोष प्रधानले बताए।
पार्टी एकीकरणका अन्य प्राविधिक विषयहरु दुवै दलका नेतृत्वहरुको समझदारीमा टुंग्याइने बताइएको छ।









