निर्वाचनमा सहभागी हुन प्रधानमन्त्रीको आग्रह

२०८२ मंसिर १२, शुक्रबार

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमा सहभागी भई जनताको मत जितेर आफ्ना राजनीतिक मुद्दा सम्बोधन गर्ने प्रक्रियामा आफैँ सहभागी हुन आग्रह गरेका छन् ।

सार्वभौम नागरिक पार्टीका सभापति गणेशकुमार मण्डल नेतृत्वको एक प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री कार्कीले मुलुक निर्माणमा सबैको सहयोग आवश्यक भएकाले निर्वाचनमा सहभागी हुन आग्रह गरे । वर्तमान सरकारसँग विभिन्न पक्षका धेरै अपेक्षा भए पनि आफूहरु जेनजी आन्दोलनबाट प्राप्त जनादेशअनुरुप सुशासन र निर्वाचनलाई केन्द्रमा राखेर अघि बढिरहेको उनले बताए ।

सार्वभौम नागरिक पार्टीका सभापति मण्डलले आगामी फागुन २१ को निर्वाचन सहज ढङ्गले गराउन आवश्यक पूर्वाधारको व्यवस्था गर्न आग्रह गरे । प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसमक्ष विभिन्न मागसहित ज्ञापनपत्र पनि बुझाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार