पूर्व एआईजी पोखरेल रास्वपा प्रवेश, सभापतिमाथि भएको अन्याय विरुद्ध लड्ने

२०८२ मंसिर १२, शुक्रबार

काठमाडौं : नेपाल प्रहरीका पूर्वएआइजी विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् ।

पार्टी कार्यालय बनस्थलीमा शुक्रवार भएको एक कार्यक्रममा पोखरेल रास्वपा प्रवेश गरेका हुन् । पोखरेलले २०७७ मङ्सिर २५ गते एआइजी भएर २०७९ साउन २ गते पदबाट राजीनामा दिएका थिए । पोखरेललाई रास्वपा कार्यवाहक सभापति डीपी अर्यालले पार्टीमा स्वागत गरेका हुन् ।

उनले भने, पार्टी सभापति रवि लामिछानेमाथि अन्याय भएको बताएका छन् । शुक्रबार रास्वपा प्रवेश गर्दै पोखरेलले सभापति लामिछानेमाथि अन्याय भएकोले त्यसविरुद्ध लड्ने बताए । पार्टीका सभापति लामिछानेको आदम्य साहस र उनीमाथि जनताले गरेको विश्वास देखेर आफूलाई रास्वपा प्रवेश गर्न प्रेरित गरेको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार