काठमाडौँ : यो साता सुनको मूल्य तोलामा ६ हजार रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंसिर ७ गते तोलामा २ लाख ४४ हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य शुक्रबार तोलामा २ लाख ५० हजार ६०० रुपैयाँ कायम भएको हो ।
महासंघका अनुसार छापावाल सुनको मूल्य मंसिर ७ गते २ लाख ४४ हजार ६००, मंसिर ८ गते २ लाख ४२ हजार ७०० रुपैयाँ कायम भएको थियो । यस्तै मंसिर ९ गते २ लाख ४७ हजार ९००, मंसिर १० गते २ लाख ४८ हजार ८०० रुपैयाँ, मंसिर ११ गते २ लाख ४८ हजार ४ सय र मंसिर १२ गते २ लाख ५० हजार ६ सय रूपैयाँ कायम भएको महासंघले जनाएको छ ।
समग्रमा यो साता सुनको मूल्य तोलामा ६ हजार रुपैयाँले बढेको छ ।









