निकोलस भूसाल रुपन्देही-२ मा उम्मेदवार बन्ने

२०८२ मंसिर २०, शनिबार

काठमाडौं : निकोलस भनिने कमल भूसालले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा रूपन्देही क्षेत्र नम्बर–२ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् ।

शनिबार बुटवलमा पत्रकार सम्मेलन गरी भूसालले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने बताए । २०७९ मा पनि रुपन्देही–२ मा उम्मेदवारी  दर्ता गराए पनि छात्रवृत्तिमा चिकित्सा शास्त्र पढ्दा सरकारी कोषबाट रकम लिएको विषयमा उनीविरुद्ध उजुरी परेपछि उम्मेदवारी खारेज भएको थियो ।

जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले चुनावको मिति घोषणा गरेपछि रूपन्देही क्षेत्र नम्बर–२ मा उम्मेदवारी घोषणा गर्ने भूसाल पहिलो हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार