एमालेको महाधिवेशनमा युवा संघले ५० हजार भन्दा बढी युवा उतार्ने

२०८२ मंसिर २१, आईतवार

काठमाडौँ : नेकपा एमालेको महाधिवेशनमा यूवा संघ नेपालले कम्तीमा ५० हजार युवा काठमाडौं उतार्ने घोषणा गरेको छ।

युवा संघका अध्यक्ष क्षितिज थेवेले दिएको जानकारी अनुसार मंसिर २७ गते हुने महाधिवेशनको उद्घाटन सभामा युवाको उल्लेख्य सहभागिता बढाउन संंघले विभिन्न वडा,जिल्ला,पालिका र प्रदेश कमिटीलाई अनिवार्य रूपमा युवाको सहभागिताका लागि उत्प्रेरक परिचालन गरिएको छ।

थेवेका अनुसार काठमाडौँ र ललितपुरका ६१ वटा वडाबाट १०० हजारका दरले ६१००,उपत्यकाका अन्य १९ वटा पालिकाबाट १ हजारका दरले १९ हजार,उपत्यका बाहेक बागमतीका १० वटा जिल्लाबाट १५०० सयका दरले १५००० जना युवा जुटाउने युवा संघको तयारी छ।

महाधिवेशनमा कोशी प्रदेशबाट ४ हजार ,मधेसबाट ४ हजार,गण्डकी ३ हजार लुम्बिनीबाट २ हजार, कर्णाली र सुदुरपश्चिम प्रदेशबाट ५ सयका दरले १००० युवा जुटाउने युवा संघले जनाएको छ।

संघका अध्यक्ष थेवे भन्छन्, ‘हामी टाउको गनेर नै ५० हजार युवा कार्यक्रम स्थलमा उतार्छौ । यसका लागि हाम्रो संगठनका सबै कमिटी परिचालन गरेका छौँ।’ एमालेको ११ औं राष्ट्रिय महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुँदैछ। महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारी स्थित तीनकुने मैदानमा हुने एमालेले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार