कांग्रेस सहमहामन्त्री बद्री पाण्डे आगामी चुनाव नलड्ने

२०८२ मंसिर २६, शुक्रबार

काठमाडौं : नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे आगामी प्रतिनिधि सभाको चुनावमा उम्मेदवार नहुने भएका छन् ।

२०७९ सालमा बाजुराबाट प्रत्यक्ष निर्वाचित पाण्डेले चुनावी प्रतिस्पर्धा नगर्ने भएसँगै उनको नाम सिफारिस गरिएको छैन । पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री समेत रहेका पाण्डेले नयाँ पुस्तालाई अवसर दिनका लागि चुनाव नलड्ने निर्णय पुगेको बताए ।

प्रतिनिधि सभाको प्रत्यक्षरसमानुपातिक  एवं राष्ट्रिय सभा सदस्यको उम्मेदवारका लागि इच्छा नभएको पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार